एजेन्सी – अफगानिस्तानका राष्ट्रपति असरफ घानी र उपराष्ट्रपति अबिरुल्लाह सालेहले देश छाडेका छन् । विद्रोही संगठन तालिवानले धम्की दिएपछि उनीहरुको देश छाडेको अफगानी अधिकारीहरुले जनाएका छन् ।


ADVERTISEMENT


बीबीसीका अनुासर तालिबानी लडाकू राजधानी काबुलको शहरभित्र प्रवेश गरेका छन् । तालिबानले गत १० दितदेखि अफगानिस्तानका अधिकांश ठूला शहर नियन्त्रणमा लिएको थियो । त्यस पछि उनीहरुले राष्ट्रिपति घानीलाई पदबाट राजीनामा दिन दबाब दिँदै आएको थिए।


ADVERTISEMENT

# # #


सम्बन्धित समाचार
– आफ्ना लडाकूलाई तालिवानको निर्देशन : आम मानिसलाई दुःख नदिनू
– देश र जनताका नोकर हौँ, शान्तिपूर्ण सत्ता हस्तान्तरणको प्रतीक्षामा छौँ : तालिवानी प्रवक्ता

तालिवानले एक विज्ञप्ती जारी गर्दै उसका लडाकू आधिकारिक रुपमा काबुल क्षेत्रमा प्रवेश गरेको र विभिन्न कार्यालयहरु नियन्त्रणमा लिइरहेको जनाएको छ । राष्ट्रपति घानीले शनिबार एक बयानमा काबुलको सुरक्षाका लागि सैन्यबललाई संगठित गरिरहेको र गएका २० वर्षका प्राप्त उपलब्धीहरुलाई गुम्न नदिने बताएका थिए ।

तर, यसपछि गएराती तालिबानले तीव्र रुपमा अघि बढ्दै उत्तरी गढ मजार–ए–शरिफ कब्जा गरेको थियो र कुनै प्रतिरोध बिना नै जलालाबाद र अन्य शहर पनि कब्जा गरेको थियो ।

रिपोर्टका अनुसार तालिवाने आफ्नो शक्ति यसरी बढायो कि राष्ट्रपति घानीसँग कुनै विकल्प नै बाँकी रहेन । पछिल्लो समय अमेरिका पनि घानीलाई पद त्याग गर्न र अन्तरिम प्रशासन नियुक्त गर्न सुझाव दिइरहेको थियो ।