काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले अफगानिस्तानमा सुरक्षा र उद्धारको प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय गर्ने र अभिभावकत्व लिने जानकारी दिएका छन् ।


ADVERTISEMENT


ADVERTISEMENT

# # #



सोमबार बिहान एक ट्वीट गर्दै सरकारले यो जिम्मेवारी सजगता र गम्भीरतापूर्वक निर्वाह गर्ने दृढता व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री देउवाले त्यहाँ रहेका नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद्धार प्रबन्ध मिलाउन आइतबार नै निर्देशन दिइएको समेत बताएका छन् ।

अफगानिस्तानको राजधानी काबुलमा रहेको राष्ट्रपति कार्यालय बिद्रोही तालिवानीले कब्जा गरेपछि त्यहाँँ रहेका विदेशी धमाधम स्वदेश फर्किन थालेका छन् भने अप्ठ्यारामा परेका आफ्ना नागरिकलाई विभिन्न देशले उद्धार गरी स्वदेश फर्काइरहेका छन् ।