काठमाडौँ – नेकपा एमाले फुट्ने पक्का जस्तै भएको छ । माधव नेपाल पक्षले ९ औँ महाधिवेशनबाट निर्वाचितसहित निर्वाचन आयोगमा दर्ता रहेका सदस्यमध्ये ३५ प्रतिशतको हस्ताक्षर संकलन समेत गरिसकेको बुझिएको छ । करिब ३० जन सांसद्को सूचि समेत बनाएर नेपाल पक्षले ‘समाजवादी पार्टी’ नामको समेत तयारी गरेर दर्ताको तयारी गरिरहेको छ ।


ADVERTISEMENT


स्रोतकाअनुसार नेपाल पक्षसँग ४० प्रतिशत केन्द्रिय सदस्य छन् । नेपाल र बामदेव गौतमले दल फुटाउने तयारी गरेर त्यसअनुसार प्रधानमन्त्री शेरबहादुर देउवालाई दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन अनुरोध गरेको बुझिएको छ । राजनीतिक दलसम्बन्धी ऐन संशोधनका लागि अध्यादेश ल्याउने तयारी गरिएकोमा केन्द्रिय कार्यसमिति र संसदीय दलमा दुई मध्ये एकमा ४० प्रतिशत पुगे हुने व्यवस्था गरिएको छ ।


ADVERTISEMENT

# # #


अध्यादेशका लागि प्रतिनिधि सभा अधिवेशनको अन्त्यको सिफारिस गरेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग सदर पनि गराइसकेको स्रोतले बताएको छ । नेपालसँग बामदेव गौतम पनि एमाले फुटाउन सक्रिय देखिएका छन् । यसअघिदेखि नेपाल पक्षमा देखिएका भीम रावल, गोकर्ण बिष्ट र योगेश भट्टराईले भने नेपाललाई साथ नदिने देखिएको स्रोतले बताएको छ । एमाले फुट्न पक्का जस्तै भएपछि अन्य नेताहरुमा कता जाने भन्ने अन्यौल देखिएकोमा हालसम्म को कता जाने भन्ने भने स्पष्ट भइसकेको छैन ।

प्रधानमन्त्री देउवा सरकारले २९ दिनमै प्रतिनिधि सभाको चालू अधिवेशन अन्त्य गरेर अध्यादेशको तयारी गरेको बुझिएको छ ।

एमाले विभाजनको जानकारी पाएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोमवार साँझ नै वक्तव्य जारी गरी एकातेको पक्षमा उभिन अनुरोध गर्दै एमालेलाई विभाजन गर्ने षड्यन्त्र भइरहेकोमा त्यो क्षम्य नहुने बताएका छन् ।

पार्टी एकताका लागि सोमवार अबेरसम्म दुई पक्षबीच एमालेका नेताहरुबीच छलफल भएको थियो । ओली पक्षले पार्टी एकता जोगाउन सरकारमा सहभागी नभई एकताको पक्षमा उभिन प्रस्ताव गरेकोमा ओली र नेपाल भने एकताका लागि प्रयासरत छैनन् ।

एमाले उच्च स्रोतकाअनुसार नेपाल आज आफू निकट सांसद् र केन्द्रिय सदस्यहरुसँग यही विषयमा छलफल गर्दैछन् यता ओलीले भने आजै स्थायी कमिटी बैठक बोलाएका छन् ।