काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले विभाजनको षड्यन्त्र भइरहेको बताउँदै त्यो क्षम्य नहुने बताएका छन् । देउवा नेतृत्वको सरकारले २९ दिनमै प्रतिनिधि सभाको चालू अधिवेशन अन्त्य गरेर माधव नेपालको अनुरोधमा दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको बुझेपछि सोमवार साँझ अध्यक्ष ओलीले दुई पन्ने वक्तव्य जारी गरेका हुन् ।


ADVERTISEMENT


पूर्व घोषित प्रतिवद्धता विपरित हतारमा प्रतिनिधि सभाको अधिवेशन अन्त्य गरेको आरोप लगाउँदै उनले नेकपा एमाले र यस पार्टीको संसदीय दलमा विभाजन गर्ने कुनै पनि बहाना वा षड्यन्त्र पार्टीका लागि मान्य र क्षम्य नहुने बताएका छन् ।


ADVERTISEMENT

# # #


उनले पार्टी एकताका लागि कार्यदल स्तरमा भएको १० बूँदे सहमति कार्यान्वयन भइसकेको बताउँदै पार्टी एकताको पक्षमा उभिन अपील गरेका छन् ।

वक्तव्य