काठमाडौँ– अफगानिस्तानमा रहेका नेपाली नागरिकले आफूहरुलाई छिटोभन्दा छिटो उद्धार गर्न नेपाल सरकारलाई गुहारेका छन् ।


ADVERTISEMENT


वैदेशिक रोजगारका सिलसिलामा अफगानिस्तान पुगेका नेपालीले आफूहरु सुरक्षित नभएको भन्दै छिटोभन्दा छिटो उद्धार गर्न नेपाल सरकारलाई आग्रह गरेका हुन् ।


ADVERTISEMENT

# # #


उनीहरुले हाल विभिन्न सामाजिक सञ्जालमार्फत आफूहरुको उद्धारका लागि सरकारलाई हारगुहार गरिरहेका छन् ।

उनीहरु भन्छन्, ‘आक्रमण गर्ने सिलसिला कायमै छ । हामी नेपाल फर्कन एकदमै लालायित छौ । यद्यपि हामीलाई थाहा छैन हामी आफ्नो घर र देश फर्कन सक्छौ या सक्दैनौ । यहाँ धेरै मानिसहरु मारिसकेका छन् । हामीले काम गर्ने कम्पनीले हामीलाई नेपाल नै फर्काइदिन्छौ त भनेका छन्, तर कहिले ? त्यसको टुंगो छैन । हामी नेपाल सरकार माँझ हामीलाई जतिसक्दो चाँडो उद्धार गर्न आग्रह गर्छौ ।’ अन्य देशले आफ्ना नागरिकहरु उद्धार गरिसकेको जनाउँदै उनीहरुले भनेका छन्, ‘अन्य देशका नागरिकलाई उनीहरुको राज्यले उद्धार गरी लगिसकेको अवस्थामा हामी पनि नेपाल सरकारले हामीलाई नेपाल फर्काउनेछ भन्ने आशामा छौँ । सकेसम्म छिट्टै उद्धार गरेको खण्डमा हामी नेपाल सरकारप्रति आभारी हुनेछौँ ।’

यता नेपाल सरकारले पनि त्यहाँ रहेका नेपालीको सकुशल शीघ्र उद्दार गर्ने निर्णयसंगै त्यसको तयारी थालेको छ । यसका लागि परराष्ट्र मन्त्रालयले सोमबार नै एक सूचना जारी गर्दे अफगानस्तानमा रहेका सम्पूर्ण नागरिलाई सम्पर्कमा आउन आग्रह गरेको छ ।

कामको शिलशिलामा अफगानस्तान पुग्ने नेपाली संख्या १५ हजारभन्दा बढि रहेको अनुमान गरिएको छ । तीमध्ये अफगानिस्तानबाट कुबेत हुँदै १२७ नेपाली आज बिहान सवा १० बजे नेपाल आइपुगेका छन् । अमेरिकी सेनाको क्वाटरमा काम गर्ने १२७ नेपालीलाई अमेरिकाले उद्वार गरी नेपाल पठाएको हो ।

अफगानिस्तानको काबुलबाट अमेरिकी एयरफोर्सले उनीहरुलाई उद्धार गरेर कतारको दोहा पुर्‍याएको थियो । दोहाबाट कुबेत हुँदै उनीहरुलाई दोहाबाट कुवेतको अल–जजिरा एयरको विमानमार्फत् काठमाडौँ ल्याइएको हो ।