काठमाडौँ – यस वर्षको तीजमा छमछमी नचाउन मेष बस्नेतको नयाँ गीत आउने भएको छ ।


ADVERTISEMENT


बस्नेतको शब्दमा रकेश वली र मुना खरेलको स्वरमा ‘नाचौला छमछमी’ तीज गीत सार्वजनिक हुन लागेको हो ।


ADVERTISEMENT

# # #


सुशील डाँगीको क्यामेरा र समीर ठोकरको कोरियोग्राफी रहेको गीतको निर्देशन शेरबहादुर डिसीले गरेका हुन् । गायक वलीको संगीत र एरेन्ज रहेको उक्त गीतमा सोम लामा, दिनेश थापा, स्वर्णिम खड्का र प्रकृति खड्काको अभिनय रहेको छ ।

सुटिङ सकिएर भिडियो सम्पादनमा रहेको गीत चाँडै बजारमा आउने निर्माण टिमले बताएको छ ।

No description available.