काठमाडौँ– प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा माओवादी केन्द्र एवम् एमालेमा विद्रोह गरी नयाँ पार्टी जन्माएका नेकपा एमाले समाजवादीका अध्यक्ष माधव नेपालबीचको भेटवार्ता कार्यक्रम सम्पन्न भएको छ ।


ADVERTISEMENT


बिहिवार बिहान बालुवाटारस्थित उनीहरुबीच झण्डै पौने एक घण्टा समयसम्म भेटवार्ता कार्यक्रम जारी भएको सचिवालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


सरकारले अध्यादेश ल्याएपछि बुधवार नेपालले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गराएका थिए । उक्त भेटवार्ताका क्रममा यी तीन शीर्ष नेताबीच यिनै मुलुकको समसामयिक राजनीति तथा मन्त्रिपरिषद्लाई पूर्णता दिने लगायतका विविध विषयमा छलफल भएको बताइएको छ ।