भक्तपुर– आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा भक्तपुरमा एक लाख ७८ हजार मतदाताले मतदान गर्न पाउने भएका छन् ।


ADVERTISEMENT


जिल्ला निर्वाचन कार्यालयका प्रमुख उमेशकुमार राईका अनुसार ती मतदातामध्ये ८६ हजार ४८० पुरुष र ९१ हजार ६१४ महिलाका साथै पाँचजना तेस्रोलिङ्गी छन् ।


ADVERTISEMENT

# # #


गत वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा भक्तपुरबाट एक लाख ६२ हजार ८८९ मतदाता थिए । पछिल्लो समय भक्तपुरमा १६ हजार ५७० जना मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख राईले जानकारी दिए ।

जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा क्षेत्र १ (चाँगुनारायण नगरपालिका र भक्तपुर नगरपालिकाको १० नं वडा) मा ४३ हजार ५५२ मतदाता छन् । यहाँ २२ मतदानस्थल र ५३ मतदान केन्द्र रहनेछ ।

उक्त निर्वाचन क्षेत्रको प्रदेशसभा २ (भक्तपुर नगरपालिकाको १ देखि ९ नं वडा) मा ५० हजार ६१२ मतदाता छन् । उक्त क्षेत्रमा १६ मतदानस्थल र ५८ मतदान केन्द्र रहेको छ ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ को प्रदेश सभा निर्वाचन क्षेत्र १ (सूर्यविनायक नगरपालिका)मा ४४ हजार ८९ मतदाता छन् । यहाँ २३ मतदानस्थल र ५४ मतदान केन्द्र रहेको छ ।

त्यसैगरी प्रतिनिधि सभा निर्वाचन क्षेत्र २ को प्रदेशसभा निर्वाचन क्षेत्र २ (मध्यपुर नगरपालिका)मा ३९ हजार ८४६ मतदाता छन् । यहाँ १७ मतदानस्थल र ४४ मतदान केन्द्र रहेको छ । भक्तपुरको चार नगरपालिकामा रहेको ३८ वडामा ७८ मतदानस्थल, २०९ मतदान केन्द्र रहने कार्यालयले जानकारी दिएको छ ।