ओखलढुङ्गा– नेपाली कांग्रेसका नेता तथा निवर्तमान सांसद रामहरि खतिवडाले आफ्नो जित कसैले टार्न नसक्ने बताएका छन् । ओखलढुङ्गामा आयोजित चुनाव प्रचार प्रसार कार्यक्रममा बोल्दै नेता खतिवडाले ओखलढुङ्गामा आफ्नो जित सुनिश्ति भइसकेको बताए ।


ADVERTISEMENT


उनले विपक्षी दलका उम्मेद्वारतर्फ लक्षित गर्दै प्रश्न गरे, ‘प्रतिस्पर्धी साथीको आफ्नै वडामा त नेपाली कांग्रेसले जितेको छ भने म सँग कसरी चुनाव जित्न सकिन्छ ?’


ADVERTISEMENT

# # #


आफ्नो सम्पूर्ण तलव सुबिधा ओखलढुङ्गामै खर्च गरेको बताउँदै उनले भूकम्पग्रस्त जिल्ला घोषणा गरेर गाउँ गाउँमा हेलिकप्तरवाट राहत बाँडेर जनताको पीडामा मल्हम लगाएको दाबी गरे । ‘नेपाली कांग्रेसको उम्मेदवारलाई जनताहरु भोट हाल्न आतुर छन्’ उनले भने, ‘विकासका लागि हामीले स्वास्थ्य चौकी, पुलिस चौकी बनायौ, बाटो, खाने पानी ल्यायौ तर साथीहरु भत्काउन लाग्नु भयो, पाइप काट्न लाग्नु भयो’

यस्तै ओखलढुङ्गा प्रदेश सभा (ख) का उम्मेद्वार तथा जिल्ला पार्टी सभापति प्रदिप सुनुवरले नेपाली कांग्रेसका उम्मेद्वारलाई जिताउन आग्रह गरे । यस्तै मित्रशेन दाहालले ‘लोकतन्त्रवादीलाई गर्ने कि अधिनायकवाद्लाई गर्ने, बिकास गर्नेलाई भोट दिने कि बिनास गर्नेलाई’ भनेर प्रश्न गरे ।

खिलानाथ दाहाले नेपाल ट्रेड यूनियन केन्द्रिय अध्यक्ष खिलानाथ दाहालले नेपाली कांग्रेसलाई अफ्ठेरो पर्दा सधैं ट्रेड युनियन साथ रहने बताए ।

कार्यक्रममा एमाले, एमाओवादी तथा विभिन्न पार्टीवाट १०८ जना नेपाली कांग्रेसमा प्रवेश गरेको थिए ।