राक्सिराङ– एमालेसहित अन्य दल त्यागेका कार्यकर्तालाई नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुर कांग्रेसका सभापति इन्द्र बानियाँले आफ्नो पार्टीमा स्वागत गरेका छन् ।


ADVERTISEMENT


बिहीबार राक्सिराङको चैनपुरमा आयोजित कार्यक्रममा सभापति बानियाँले अन्य विभिन्न पार्टी परित्याग गरी कांग्रेस प्रवेश नव कार्यकर्तालाई स्वागत गरेका हुन् ।


ADVERTISEMENT

# # #


एमालेसहित अन्य विभिन्न दलहरु परित्याग गरी कांग्रेस प्रवेश गर्ने नव कार्यकर्ताको संख्या २२७ रहेको छ ।

उक्त अवसरमा नवप्रवेशीहरूलाई स्वागत गर्दै नेता बानियाँले कांग्रेसको सत्यप्रतिको निष्ठाका कारण कांग्रेसप्रति झुकाव राख्ने जनसंख्या बढिरहेको उल्लेख गरे ।

कार्यक्रममा कांग्रेस नेतृत्वको वर्तमान सरकारलाई सफल बनाउने दायित्व युवाहरूको काँधमा आएको बताउँदै उनले भने, ‘हामीले यो सरकारलाई सहयोग गर्ने हो । सरकारले राम्रो काम गरेको छ ।’

बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पदबाट राजीनामा दिएको अर्को दिन कांग्रेस नेता बानियाँले एमाले, माओवादी र राप्रपाका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् ।