काठमाडौँ– एमाले विभाजन गरेका नेता माधवकुमार नेपालको पार्टीको नाममा अब नेकपा एमाले नरहने भएको छ ।


ADVERTISEMENT


पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले खनाल–नेपाल समूहलाई पाखा लगाएपछि आफ्नै नेतृत्वमा नयाँ पार्टी खडा गर्न लागेसंगै नेपाल नेतृत्व पार्टीको नाममा नेकपा एमाले नरहने भएको हो ।


ADVERTISEMENT

# # #


यसका लागि उनले आफ्नो नेतृत्वमा ‘नेकपा एमाले समाजवादी’ दर्ताका लागि बुधबार निवेदन दिइसकेका छन् । यद्यपि राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार नियमावली बिहीबार मात्र शुक्रबार फेरि निवेदन दिने तयारी छ ।

पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले खनाल–नेपाल समूहलाई पाखा लगाएर नै पुनर्स्थापित नेकपा एमाले चलाउने तयारी गरेपछि संसदको सबैभन्दा ठूलो पार्टी नेकपा एमाले विभाजित हुने अवस्थामा पुगेको हो ।