काठमाडौँ– धितोपत्र बोर्ड र नेप्सेका पदाधिकारीलाई सरकाले कारबाही गर्ने भएको छ ।


ADVERTISEMENT


शुक्रबार बसेको संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको निर्देशन संसदीय समितिले नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से)का पदाधिकारीहरूले पदीय आचरणविपरीत सेयर कारोबार गरेको निष्कर्ष निकाल्दै तत्काल कारवाही प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएको हो ।


ADVERTISEMENT

# # #


नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना र नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पदीय आचरणविपरीत सेयर कारोबार गरेको भन्दै समितिले उनीहरु विरुद्व स्पष्ट रुपमा छानबिन गर्दै कानुनी प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयलाई अहृाएको छ ।

सर्वोत्तम सिमेन्टको सेयर बोर्डका अध्यक्ष ढुंगाना र नेप्सेका प्रमुख कार्यकारी अधिकृत साउद विरुद्ध परिवारका आफ्ना सदस्यहरूको नाममा खरिद गरेर पदीय आचारणविपरीत काम गरेको आरोप छ ।