भक्तपुर– श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको छैठौ सदस्य सुविधा काउन्टर पनि सञ्चालनमा आएको छ ।


ADVERTISEMENT


संस्थाका अध्यक्ष अमरदास श्रेष्ठले शुक्रबार सूर्यविनायकको पाण्डुबजारस्थित आफ्नो छैठौ सदस्य सुविधा काउन्टर उद्घाटन गरेसंगै सो काउन्टर आजैबाट सञ्चालनमा आएको हो ।


ADVERTISEMENT

# # #


उक्त उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले संस्थाको लक्ष्यअनुरुप संस्थाले देशकै सबैभन्दा ठुलो सहकारीको रुपमा परिभाषा दिन र आफ्ना ग्राहकमा सर्वसुलभ तरिकाबाट सुविधा उपलब्ध गराउन सदस्य सुविधा काउन्टर थप गरेको बताए ।

सहकारी क्षेत्रको समग्र विकास गर्न सदस्य सुविधा काउन्टर थप गरिरहेको बताउँदै संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले आगामी वर्षहरुमा अझै थप नयाँ कार्यक्रम र योजनाहरु अगाडी बढाउदै लैजाने जानकारी दिए ।

संस्थाले यसअघि ललितपुर चापागाँउ, काठमाडौं जिल्लाको चाबहिल, न्यूरोड, भक्तपुरको कौशलटार र चितवन जिल्लाको पर्सामा पनि सदस्य सुविधा काउण्टर सञ्चालनमा ल्याइसकेको छ ।