काठमाडौँ– काठमाडौँ महानगरपालिकाले अब काठमाडौँबाट निस्किने फोहारलाई नुवाकोट र धादिङको सिमानामा पर्ने बन्चरे डाँडामा दिर्घकालिन रुपमा व्यवस्थापन गर्ने भएको छ ।


ADVERTISEMENT


महानगरले फोहोरको व्यवस्थापनको लागि उक्त ठाउँ छनोट गरेको हो । यसअघि महानगरले काठमाडौँको फोहोर नुवाकोटको ओखर पौवामा व्यवस्थापन गर्दै आएको थियो । काठमाडौँ महानगरपालिकाले तीन वर्षका लागि प्रस्ताव गरेको ओखरपौवाको सिसडोलमा विगत १३ वर्षदेखि फोहर फालिँदै आएको थियो ।


ADVERTISEMENT

# # #


बञ्चरे डाँडामा पूर्वाधार विकास भएसंगै अब काठमाडौँको फोहोर बञ्चरे डाँडामा फालिने छ । काठमाडौँमा दैनिक करिब एक हजार ५०० टन फोहर उत्पादन हुने गर्छ।