काठमाडौँ– आगामी मंसिर २१ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको लागि विभिन्न दलका उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।


ADVERTISEMENT


राष्ट्रिय सभागृहमा पुगेर एमाले नेता माधव नेपाल, साझा पार्टीका रवीन्द्र मिश्र, माओवादी केन्द्रका अनिल शर्मालगायतले उम्मेदवारी दर्ता गराइसकेका छन् । यस्तै एमाले अध्यक्ष केपी ओलीले बिराटनगर विमानस्थल पुगेर सयपत्रीको माला लगाए । अनि झापा पुगेर क्षेत्र नम्बर ५ मा उम्मेदवारी दर्ता गराए । प्रधानमन्त्री शेरबहादुर देउवाले डडेलधुरामा आफू नगर्इ वारेसमार्फत उम्मेदवारी दर्ता गरे ।


ADVERTISEMENT

# # #


दोस्रो चरणमा मंसिर २१ गते पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता कार्य आज विहान १० बजेदेखि शुरु भएको छ ।

उम्मेदवारले बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म आ–आफ्नो निर्वाचन क्षेत्रको मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयन दर्ता गर्न सक्नेछन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाले चितवन–३ बाट मनोनयन दर्ता गर्दै ।

झापा-५ बाट उम्मेद्वारी दिँदै नेकपा एमलेका अध्यक्ष केपी ओली ।

उम्मेद्वारी दर्ता गर्न जानुअघि घरमा सगुन खाँदै नेपाली कांग्रेसका युवा नेता गगन थापा । उनले काठमाडौँ ४ बाट मनोनयन दर्ता गराएका छन् ।

काठमाडौँ ५ बाट मनोनयन दर्ता गराउँदै एमाले महासचिव ईश्वर पोखरेल ।

काठमाडौँ–१ मा प्रतिनिधि सभा सदस्यका लागि विवेकशील साझा पाटीका तर्फबाट उम्मेदवारी मनोनयन दर्ता गराउँदै रविन्द्र मिश्र ।

एमालेका बरिष्ठ नेता झलनाथ खनालले इलाम–१ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराउँदै ।

पार्टीले टिकट नदिएपछि असन्तुष्ट भएका नेपाली कांग्रेसका नेता गोविन्दराज जोशी तनहुँ-१ बाट रामचन्द्र पौडेल विरुद्ध स्वतन्त्र उम्मेद्वारी दिँदै ।

नेपाली कांग्रेसका नेता कृष्ण सिटौला झापा-३ मा उम्मेद्वारी गराउन जाँदै ।

नेकपा एमालेका संसदिय दलका उपनेता तथा संविधान सभाका पूर्व सभामुख सुवास नेम्वाङ इलाम–२ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गर्दै ।

काठमाडौँ २ मा उम्मेद्वारी दर्ता गर्दै एमालेका वरिष्ठ नेता माधव नेपाल ।