काठमाडौँ – अमेरिकी ब्राण्ड आरसी कोलाको उत्पादन नेपालमै शुरु भएको छ । भेन्चुरा बोटलर्सले मकवानपुरमा ५० करोड लगानीमा प्लान्ट स्थापना गरि उत्पादन शुरु गरेको हो ।Our Brands - RC Cola International


ADVERTISEMENT


आइतवार कम्पनीले एक कार्यक्रमबीच नेपालमै बनेको आरसी कोला सार्वजनिक गरेको हो ।


ADVERTISEMENT

# # #


कम्पनीले अत्याधुनिक प्रविधिसहितको प्लान्ट स्थापना गरेको छ । आरसी कोला नेपाली पानीको समिश्रणबाट अमेरिकी उत्पादन प्रक्रियाअनुसार उत्पादन शुरु पेय पदार्थ हो ।

सन् १९०५ देखि उत्पादन शुरु गरिएको अमेरिकी मौलिक पेय पदार्थ आरसी कोला विश्वव्यापी रुपमा एकदमै रुचाइएको छ ।

नेपालमा उक्त पेय पदार्थको उत्पादन शुरु गरेको भेन्चुरा बोटलर्स प्रालिका निर्देशक सुभाष आचार्यले भने, ‘विश्वभरका उपभोक्ताले रुचाइएको कारण ११६ वर्षदेखि निरन्तर उत्पादन भइरहेको आरसी कोला आवश्यक कच्चा पदार्थ कोलम्बस, जर्जिया र अमेरिकाबाट ल्याएर नेपालमै उत्पादन शुरु गरिएको छ, यसमा हामी गर्व गर्छौँ ।’