जनकपुरधाम – नेपाल भारतको सम्बन्धलाई रोटी–बेटीको सम्बन्ध पनि भनिन्छ । भाषा, संस्कृति, र रहनसहनमा समानता भएकाले दुई देशबीचका नागरिकबीचको सम्बन्ध छिमेकी मुलुकको भन्दा अझ बढी आत्मिय छ ।


ADVERTISEMENT


यस्तै, रक्षाबन्धनले दुई देशबीचको सम्बन्ध अझ कसिलो बनाउन मद्दत गरेको छ । आइतवार नेपाल–भारत सीमामा खटिएका दुई देशका सुरक्षाकर्मीले एक आपसमा राखी बाँधेर रक्षाबन्धन पर्व मनाएका छन् ।


ADVERTISEMENT

# # #


जयनगर महिला विकास मञ्चाले सिरहा नजीक भारतको बिहार राज्यस्थित मधुवली जिल्लामाको जयनगरमा गरिएको कार्यक्रममा दुबै देशका चेलीले एकअर्का देशका पुरुषलाई माइती मानेर राखी बाँधिदिएका हुन् ।

सशस्त्र र जनपथ दुबै सुरक्षाकर्मीले राखि बाँधेकोमा सुरक्षाकर्मीबीच चेली माइतीको नाताद्वारा नेपाल भारतको सम्बन्ध अझ कसिएको विश्वास गरिएको छ ।