काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेले भेटवार्ता गरेका छन् ।


ADVERTISEMENT


अध्यक्ष दाहालको निवास खुमलटारमा आज भएको भेटमा नेपाल–भारत सम्बन्ध र दुई पार्टीबीचको सम्बन्धका बारेमा छलफल भएको अध्यक्ष दाहालका स्वकीय सचिव गङ्गा दाहालले जानकारी दिइन्।


ADVERTISEMENT

# # #


भाजपा विदेश विभाग प्रमुख चौथाइवालेले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका छन् ।