पूर्वराजदूतहरुको संस्था ‘आफ्ना’का प्रतिनिधिहरुले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर पूर्व राजदूतहरुले प्रधानमन्त्री देउवासँग भेट गरेका हुन् ।


ADVERTISEMENT


भेटमा प्रधानमन्त्री देउवाले कुनै दल, संस्था वा अन्य लोभमा नपरी यहाँहरूले बाहिरबाट राष्ट्रहितमा भूमिका निर्वाह गर्न आग्रह गरे । उनले पछिल्लो समय भड्किएको राजनीतिक अवस्थालाई सही ट्रयाकमा ल्याउन आफू लागि परेको र कूटनीति र राजनीति बुझेकाहरुको साथ र सहयोग आवश्यक रहेको बताए ।


ADVERTISEMENT

# # #


पूर्वराजदूतहरुले आर्थिक कूटनीतिमा पनि ध्यान दिन आवश्यक रहेको भन्दै त्यसका लागि प्राथमिकता र विज्ञता चयनमा ध्यान दिन प्रधानमन्त्रीलाई सुझाव दिएको पूर्व राजदूत लक्की शेर्पाले जानकारी दिइन् ।

भेटमा भारत, अमेरिका, अष्ट्रेलिया र युरोपेली मुलुकमा नेपालका लागि राजदूत भइसकेका कुटनीतिज्ञहरु सहभागी थिए । जसमध्ये दीपकुमार उपाध्याय, डा. निरन्जन थापा, डा. शम्भुराम सिम्खडा, डा. अर्जुन कार्की, डा. विश्वम्भर प्याकुरेल, डा. विजयकान्त कर्ण, युवनाथ लम्साल, डा. चोपलाल भुसाल, लक्कि शेर्पा, रमेश कोइराला, महेशराज दाहालको उपस्थिति थियो ।