काठमाडौँ – सत्तारुढ दल नेपाली कांग्रेसको ‘गरिखाने काङ्ग्रेस’ बन्ने–बनाउने अभियानको बृहत कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेस लगानी पूर्वाधार र रोजगारः दृष्टिकोण एवं दिगो परियोजना केन्द्रित विशेष समितिको आयोजनामा उक्त कार्यक्रम भएको हो ।


ADVERTISEMENT


कार्यक्रममा नेपाली काङ्ग्रेस १४ जिल्लाका सभापतिहरुको सहभागी भएको र आगामी कार्य दिशा सम्बन्धि विशेष छ्लफल भएको कांग्रेस बाग्मती प्रदेशको संसदीय दलका नेता इन्द्र बहादुर बानियाँले जनाएका छन् ।


ADVERTISEMENT

# # #


कार्यक्रममा बोल्दै नेता बानियाँले आम नागरिकको जनजीविकाका लागि, उनीहरूलाई अवसरको सिर्जना गर्नका लागि ‘गरिखाने अभियान’को सुरुवात भएको बताए ।

कार्यक्रममा कार्यक्रममा समितिका संयोजक विनोद चौधरी, सहसंयोजक तथा नेपाल सरकारका स्वास्थ राज्यमन्त्री उमेश श्रेष्ठ, सहसंयोजक काँग्रेस बाग्मती प्रदेश संसदीय दलका नेता इन्द्र बहादुर बानियाँ उपस्थित थिए ।

यस्तै सहसंयोजकहरु दीपक खड्का, अनिल रुङाटा, सविधानसभा सदस्य राजिव विक्रम शाह, समितिका सदस्यद्वय भक्त प्रलाद पाण्डे र विमल ढकाललगायतको सहभागिता रहेको थियो ।