काठमाडौँ– कोभिड–१९ संक्रमणका कारण पर सारिएको कक्षा १२ को परीक्षा विद्यार्थीको भौतिक उपस्थितीमा नै गराउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।


ADVERTISEMENT


मंगलबार बसेको संसदमा शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले जनस्वास्थ्य सुरक्षाको मापदण्ड कडाईका साथ पालना गरी विश्वविद्यालयका  परीक्षाहरु जस्तै कक्षा १२ को परीक्षा पनि भौतिक उपस्थितिमा नै गराउन निर्देशन दिएकी हुन् ।


ADVERTISEMENT

# # #


उक्त बैठकमा समितिका सदस्य डा. सुरेन्द्र यादवले विद्यार्थीलाई खोपको पहिलो मात्रा लगाएर परीक्षामा समावेश गराउन सकिने सुझाव दिएका छन् । त्यस्तै, समितिकी अर्की अन्जना विशन्खेले पनि परीक्षा स्थगित गरिराखेर विद्यार्थीका शैक्षिक सत्र अन्योलमा परेको परेको जनाउँदै स्वास्थ्य सुरक्षा अपनाएर परीक्षा लिन सक्नेमा जोड दिइन् ।

साउनको अन्तिमबाट शुरु गर्ने भनिएको कक्षा १२ परीक्षा कोभिड–१९ संक्रमणको जोखिम बढेको भन्दै राष्ट्रिय बोर्डले अर्काे सुचना जारी नभएसम्मका लागि भन्दै स्थगन गरेको थियो ।