काठमाडौँ – प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीले एकलौटी पार्टी कब्जा गरिसकेपछि नयाँ पार्टी खोल्नेबाहेक अर्को विकल्प नदेखिएको बताएका छन् ।


ADVERTISEMENT


काठमाडौंको चन्द्रागिरि रिसोर्टमा बसेको प्रस्तावित पार्टीको छलफलका विषयमा मंगलबार सञ्चारकर्मीलाई जानकारी गराउदै नेपालले एकता नाममा पार्टी कव्जा गर्ने स्पष्ट नियत ओलीको देखिएकाले आफुहरुले नयाँ विकल्प रोजेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


नेपालले एकता मिलाउने नाममा आफूहरूलाई घर न घाटको बनाउन खोजिएको तर्क गरे । उनले नयाँ पार्टी गठन भए पनि एकता हुन सक्ने धारणा राखे।  उनले भने, ‘पार्टी गठन गर्ने बित्तिकै पनि हामी एकताको निम्ति तयार हुनैँ । तर, दर्ता गर्नै नदिइकन हामीलाई अलपत्र पार्ने, घर न घाटको बनाउने षड्यन्त्र भइरहेको छ ।’ केपी ओलीलाई रोक्न नदिने, कुनै पनि आन्दोलनमा लाग्न नदिने षड्यन्त्रलाई आफू चिरेरै छाड्ने उनले दाबी गरे ।

पार्टी पार्टी निर्माणको प्रक्रिया अघि बढिसकेकाले अव केपी ओलीको दक्षिणपन्थी कित्ता एकातिर र क्रान्तिकारीहरु अर्कातिर पुगेको बताए । अन्य वामपन्थीहरूसँग चुनावी तालमेल पनि हुने र समाजवादको दिशामा अघि बढ्नका लागि भ्रष्टाचारलाई निर्मूल पार्न अघि बढ्ने उनजे बताए ।

तेश्रो धारमा उभिएका नेताहरुप्रति लक्षित गर्दै उनले जेष्ठ दुई गतेका बारेमा चलाइएको चर्चा एमालेमा छिर्ने बहाना मात्र भएको स्पष्ट पारे ।

त्यस्तै नेपालले आफ्नै सहमतिमा अष्टलक्ष्मी शाक्य बाग्मती प्रदेशको मुख्यमन्त्री बनेको भन्दै उनले रोज्ने दलका विषयमा भन्ने शाक्यमा नै भर पर्ने जिकिर गरे ।

नेपालले सनाखतमा लागि २० प्रतिशत भन्दा बढी केन्द्रीय कमिटी र सांसद निर्वाचन आयोगमा जाने दाबी गरे । यसबीचमा आफ्नो नयाँ दलप्रति भ्रम फैलाउने काम पनि गरिएको उनले बताए । उनले नयाँ पार्टीको बिधि बिधानका बारेमा ठण्डा दिमागले छलफल गर्न चन्द्रागिरीमा बैठक राखिएको तर्क गरे ।