काठमाडौँ – गरिमा विकास बैँकले नेपाली नारीहरुको महान चाड हरितालिका तीजका अवसरमार ‘टिकटक’ ल्याउने भएको छ ।


ADVERTISEMENT


कोरोना महामारीको दोस्रो लहर चलिरहेको अवस्थामा तीजलाई प्रविधिमैत्री बनाउन गरिमाले ‘गरिमा तीजको लहर’ नामक प्रतियोगिता ल्याउन लागेको हो । टिकटक प्रतियोगितामा नेपाल भित्र रहनेने सबै नेपाली महिलाहरुले भाग लिन सक्नेछन् ।


ADVERTISEMENT

# # #


प्रतियोगितामा प्रतियोगीहरुले भिडियो बनाउँदा तीजको मर्मलाई ख्यालमा राखी पर्वलाई सकारात्मक तरिकाले व्याख्या गर्ने कुनै पनि गीत अथवा कन्सेप्टमा टिकटक भिडियो बनाउनुपर्ने हुनेछ । पर्वको मर्म विपरीत बनेको वा उत्श्रृङ्खल तवरले बनेका भिडियोहरुलाई विजेताको रुपमा छनोट गरिने बैँकले जनाएको छ ।

प्रतियोगिताको विजेताले रु ९ हजार रुपैयाँ, उप–विजेताले ६ हजार रुपैयाँ र तेस्रो हुनेले रु ३ हजार रुपैँया जित्नेछन् । सागैएउटा अत्याधिक राम्रो कन्सेप्टमा बनेको भिडियोले रु २ हजार रुपैयाँ जित्ने छ । बैँकका अनुसार विजेताको घोषणा भिडियोमा आउने लाईकको आधारमा हुनेछ भने बेस्ट कन्सेप्ट भने अत्याधिक राम्रो कन्सेप्टमा बनेको भिडियोको आधारमा हुनेछ ।

ईच्छुक महिला टिकटकरहरुले भदौ १० गतेदेखि भदौ २४ गतेसम्म टिकटक भिडियोको क्यापसनमा #GarimaTeejkolahar, #Garimabikasbank ह्यासट्याग प्रयोग गरि टिकटक भिडियो बनाउन सक्नुहुनेछ ।

टिकटक प्रतियोगिताको विस्तृत जानकारीहरु साथै शर्तहरुलाई बैँकले आफ्नो फेसबुक र बेबसाईटमा राखिएको जनाएको छ ।