चितवन । अनेराश्ववीयु अध्यक्ष नबिना लामा यतिबेला माओबादी कोन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जिताउने अभियानमा चितवनमा छन् । बाम गठबन्धनसंगै लामाले प्रचण्डलाई जिताउने र क्रान्तिकारी अध्यक्ष रञ्जित तामाङले एमाले अध्यक्ष केपी ओलीलाई जिताउने जिम्मेवारीका साथ चुनावी सरगर्मी बढेको छ । तामाङ पनि यतिबेला झापामा छन् ।


ADVERTISEMENT


चितवन क्षेत्र नम्बर ३ मा प्रचण्डको चुनावी अभियानलाई लामाले काँध थापिरहेकी छन् । नेपाली राजनीतिको केन्द्रमा रहेर गेम मेकरको भूमिकामा देखिएका प्रचण्डलाई जिताउने र समग्र गठबन्धनलाई बहुमत ल्याउने अभिभारामा जुट्ने जिम्मेवारीले नबिनालाई राष्ट्रिय राजनीतिको केन्द्रीय अभ्यासमा पुर्याएको छ ।


ADVERTISEMENT

# # #


उनले देशको समुन्नत बिकास र समृद्धिका लागि प्रचण्ड र बाम गठबन्धनलाई जिताउने अभियानमा होमिएको बताएकी छन् । यस्का लागि सबै शक्तिका साथ मोर्चामा होमिएको उनको भनाई छ ।

‘अब देशलाई आर्थिक समृद्धि र विकासको गतिमा दौडाउने नेतृत्व हामीले गर्दैछौं’ हिमालय पोष्टसंग उनले भनिन् ‘यसैका लागि बाम गठबन्धन र प्रचण्डलाई भारी बहुमतका साथ जनताबाट अनुमोदन गराउन जुटेकी हुँ ।’

निर्वाचन मार्फत संविधानको पूर्ण कार्यान्वयन गर्दै संक्रमणकालको अन्त्य गरेर राजनीतिक स्थायित्वका साथ मूलुकमा समृद्ध युगको नेतृत्व गर्नका लागि आँफूले प्रचण्ड जिताउने मोर्चा सम्हालेको उनको भनाई छ ।

‘अब देशले समृद्धिको फड्को मार्दै छ’ उनको भनाई छ ‘यसैका लागि मैले प्रचण्डलाई र रञ्जितजिले केपी कमरेडलाई र सिँगो गठबन्धनलाई नै सानदार बिजयका साथ देशको नेतृत्वका लागि तयार बनाउन हामी खटिरहेका छौं ।’

जनताले देशको आवश्यकता र समयको मागका आधारमा बाम गठबन्धनलाई बिश्वास गरिरहेको उनको भनाई छ ।

‘देश र जनताका लागि हामी नै बिश्वास र आधार हौं’ उनले भनिन् ‘जनताले हामीलाई जिताएर बाह्य देशका ठेकेदारहरुलाई परास्त गर्दै देश बनाउने महानअभियानको नेतृत्व केपी कमरेड, प्रचण्ड कमरेड लगायत बाम गठबन्धनका सबै राजनीतिक नेतृत्वलाई सुम्पनेछन् ।’