काठमाडौँ– स्वास्थ्यमा समस्या देखिएपछि उपचारको शिलशिलामा भारतको नयाँ दिल्ली पुगेका पूर्वप्रधानमन्त्री एवं नवगठित नेकपा (एकीकृत समाजवादी)वरिष्ठ नेता झलनाथ खनाल सोमबार स्वदेश फर्किने भएका छन् ।


ADVERTISEMENT


दिल्लीस्थित एपोलो अस्पतालमा उपचार तथा मिर्गौला प्रत्यारोपण गराएका उनी झण्डै साढे महिना अस्पतालको लामो बसाईपछि नेपाल फर्किन  लागेको जानकारी खनाल स्वकिय सचित कृष्ण भट्टरार्ईले हुन् ।


ADVERTISEMENT

# # #


‘स्वास्थ्य अवस्थामा सुधार आएकाले उहाँ नेपाल फर्कन लाग्नुभएको हो’, भट्टरार्ईले भने । उनका अनुसार, खनाल भोलि दिउँसो काठमाडौँ आइपुग्नेछन् ।

कोभिड–१९ संक्रमण मुक्त भई घरमै आराम गरिरहेका खनालमा पोष्टकोभिडको समस्या देखिएपछि सुरूमा उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ रहँदा स्वास्थ्यमा सुधार नआएपछि थप उपचारको लागि उनलाई गत असार २ गते दिल्ली लगिएको हो ।

उनी दिल्ली प्रवेश गर्ने समयमै नेकपा एमालेभित्रको विवाद उत्कर्षमा पुगेकाले उनले पार्टी एकताका लागि आह्वान गर्दै दिल्ली पुगेका थिए । यस्तै, उपचारका लागि दिल्ली पुगेका खनलाको स्वासथ्योपचार सन्दर्भमा प्रधानमन्त्री शेर बहादुर देउवाले उनको उपचार खर्च सरकारले व्यहोर्ने भन्ने घोषणाको कांग्रेस पार्टीभित्र बाटै त्यसको चर्काे विरोध भएको थियो ।