काठमाडौँ– बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले मन्त्रिमण्डललाई छिटो पुर्णता दिने सहमत गरेको छ ।


ADVERTISEMENT


प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग मन्त्रिमण्डल विस्तारको टुंगो लगाउन बसेको बैठकले अब चाँडै नै मन्त्रिमण्डल गठन गर्ने निर्णय गरेको हो । सम्भवत: यो कार्य आज नै सम्पन्न हुनसक्ने बुझिएको छ ।


ADVERTISEMENT

# # #


बैठकमा नेपाली कांग्रेसबाट सभापतिसमेत रहेका देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालगायतको उपस्थिती देखिएको छ ।