काठमाडौँ – नेपाली कांग्रेसका नेता गगन थापाले पार्टीको आसन्न महाधिवेशनमा महामन्त्री पदमा उम्मेद्वारी दिने औपचारिक घोषणा गरेका छन् ।


ADVERTISEMENT


सोमबार काठमाडौंमा कांग्रेस ३० नंवर वडाले आयोजना गरेको कार्यक्रममा थापाले १४ महाधिवेशनमा महामन्त्री पदमा उम्मेद्वारी दिने घोषणा गरेका हुन् । आफ्नो दावेदारीका आधार आफ्ना आग्रज नेता तथा कार्यकर्ता भएको भन्दै आफुले महामन्त्री पदमा उम्मेद्वारी दिने घोषणा गरेको उनले बताए । थापाले आफ्नो क्षेत्रबाट प्रारम्भ गरेको काममा सफलता प्राप्त गरेको भन्दै आफ्नै ठाँउबाट उम्मेद्वारी घोषणा गरेको बताए ।


ADVERTISEMENT

# # #


थापाले पार्टीभित्रको प्रतिष्पर्धामा सहयोग गर्न आग्रह गर्दै आफुले गर्न सक्ने काम गर्ने प्रतिवद्धता जनाए ।