काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो पार्टी देशको एक नम्बर पार्टी नभएसम्म माओवादी नभएसम्म जनताले मुक्ति नपाउने टिप्पणी गरेका छन् ।


ADVERTISEMENT


सोमबार काठमाडौँको गोकर्णेश्वरमा आयोजित नेकपा माओवादी केन्द्र पार्टी प्रवेश कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले देशमा राजनतिक स्थायित्व, समृद्धिका लागि नेकपा माओवादी केन्द्र एक नम्बर पार्टी हुनुपर्ने जिकिर गरेका हुन् ।


ADVERTISEMENT

# # #


‘जबसम्म माओवादी केन्द्र फेरि एक पटक यो देशको एक नम्बर पार्टी हुँदैन, यो देशमा राजनीतिक स्थायित्व, विकास, समृद्धि र जनताको मुक्ति सम्भव छैन ।’ उनले भने, ‘यो कुरा गएको १०–१२ वर्षको अनुभवले देखाइ नै सक्यो ।’

मधेशी जनताको मुक्तिको निम्ती उत्पीडित वर्ग, जाती, लिङ्ग, क्षेत्रको हक र अधिकारका लागि नथाकेर निरन्तर संघर्ष गरिराख्ने पार्टीका रुपमा नेकपा माओवादी केन्द्र प्रमाणित भएको उनले दाबी गरे ।

सर्लाही जिल्लालाई मोडेल बनाउने भन्दै उनले अघि थपे, ‘मधेशमा मधेशमा अरु पार्टी होइन, माओवादीले कब्जा जमाउने छ । उनले माओवादी बाहेकको सरकार बन्दा र माओवादी बाहेकलाई मत दिँदाको परिणाम के हुन्छ भन्ने कुरा हामी सबैले भागिसकेको उनले बताए ।

प्रचण्डले केपी ओलीलाई समर्थन गर्दा झण्डै संघीयता, गणतन्त्र खारेज हुने अवस्था आएको र सात दशक लामो संघर्षबाट प्राप्त उपलब्धीहरु जोखिममा जाने स्थिति बनेको जिकिर गरे ।