काठमाडौँ – नेपालसँगको मैत्रीपूर्ण खेलका लागि भारतीय फुटबल टोली नेपाल आइपुगेको छ । नियमित कप्तान सुनिल क्षेत्रीसहितको २५ सदस्यीय भारतीय टोली सोमबार काठमाडौँ उत्रिएको हो ।


ADVERTISEMENT


भारतीय टोलीलाई त्रिभुवन बिमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष शिक्षित पराजुली लगायतले स्वागत गरेका थिए । नेपालसँगको मैत्रीपूर्ण खेलका लागि इन्डिया फुटबल फेडेरेसनले शुक्रबार २५ सदस्यीय टिमको घोषणा गरिसकेको छ ।


ADVERTISEMENT

# # #


भारतका मुख्य प्रशिक्षक इगोर स्टिमेकले कप्तान सुनिल क्षेत्री लगायतका सिनियर खेलाडीलाई समावेश गर्दै टिम घोषणा हो । नेपाल आए लगत्तै कप्तान क्षेत्रीले आफ्नो टिममा पनि युवा खेलाडीको बाहुल्यता रहेको र नेपालसंग खेल्न उत्साहित रहको बताए । नेपालसँगको खेल आफूहरुलाई निकै महत्वपूर्ण रहेको बताउँदै उनले नेपाली टिमलाई कमजोर नआँक्ने पनि बताए ।

सिनियर खेलाडीहरुको अभाव आफ्नो टिममा खड्कने बताउँदै काठमाडौंमा अभ्यास गरेपछि कमजोरी सुधार हुने उनले बताए ।

भारतले नेपालसँग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेल्नेछ । मैत्रीपूर्ण खेल भदौ १७ र २० मा हुनेछ । माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।