रसुवा– गोसाइँकुण्ड गाउँपालिका–६ अन्तर्गत ठाडेगाउँमा नयाँ विद्यालय निर्माण भएपछि विद्यार्थीमाझ उत्साह छाएको छ ।


ADVERTISEMENT


भूकम्पले ठाडेगाउँमा रहेको श्रीसरस्वती आधारभूत विद्यालय भवन लाङटाङ क्षेत्र सरोकार समाज (लाकोस) संस्थाको पहलमा चेयाँ नेपाल नामक गैससले रु ३२ लाख ५० हजारको लागतमा पाँचकोठे भूकम्प प्रतिरोधी पिलरवाला नयाँ भवन निर्माण भएपछि पठनपाठनमा सहजता भएको उक्त विद्यालयका प्रधानाध्यापक ल्हाक्पा थोक्राले जानकारी दिए ।


ADVERTISEMENT

# # #


विद्यालयमा ६७ जना छात्रछात्रा अध्ययनरत रहेको र नयाँ भवनमा सुरक्षित तवरले अध्ययन–अध्यापन गराउन पाउँदा शिक्षक तथा विद्यार्थीमाझ उत्साह बढेको प्रअ थोक्राले बताए
विद्यालय कक्षा ८ सम्म सञ्चालित छ । विद्यालयजस्तो पवित्र संस्थालाई सहयोग गर्न दाताको ध्यान अब निर्माणतर्फ केन्द्रित भइसकेका कारण अन्य दूरदराजका विद्यालय पनि दाताकेन्द्रित हुने आशा पलाएको स्थानीय बासिन्दाले बताएका छन् ।