काठमाडौँ–लभ स्टोरी तथा कमेडी शैलिमा बनाइएको नेपाली फिल्म ‘हिटलर’को प्रदर्शन मिति घोषणा भएको छ । २०७४ साल जेठ १२ गतेबाट रिलीज हुने चलचित्रका निर्देशक सौरभ ढकालले बताएका छन् ।


ADVERTISEMENT


चलचित्रमा नव नायिका सामिया बर्तौला राणा खानदानकी छोरीको रुपमा देखिने छिन्। सामियाले यसै चलचित्रबाट नेपाली फिल्म जगतमा पाईला चालेकी हुन् ।


ADVERTISEMENT

# # #


फिल्मका निर्देशक सौरभ ढकालले ‘हिटलर’ प्रेम र कमेडीको मिश्रणको रुपमा बनेको चलचित्र रहेको बताए । हिटलरमा सोहित मानन्धर, सामिया बर्तौला, मेनुका प्रधान, दिवस धिताल, ए गुरुङ लगायतका कलाकारको अभिनय छ ।

लोचन घिमिरेको संगीत, सूर्य थोकर लामाको एक्सन, अरुणराज पौडेलको छायांकन, कृष्ण के अच्छामीको कोरियोग्राफी छ । मुगु र काठमाण्डौमा यो चलचित्रको छायांकन गरिएको निमार्ण पक्षले जानकारी दिएको छ ।

सभासद् रामविर मानन्धर र चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटाले चलचित्रको फस्टलुक एकसाथ सार्वजनिक गरेका थिए ।

अष्टनारायण पिक्चर्सको प्रस्तुतीमा तयार भएको यो चलचित्रको निर्माणमा अल्टरनेट मोसन पिक्चर्स र लोचन घिमिरे इनकर्पोरेटेडको सहकार्य रहेको छ । चलचित्रमा समावेश मःम चाउमिन बोलको लिरिकल गीत पछिल्लो समयमा हिट भैरहेको छ ।