काठमाडौँ– पहेलो धातु सुनको मुल्यमा आशिंक गिरावट आएको छ ।


ADVERTISEMENT


मंगलबारसम्म प्रतितोला ९१ हजार दुई सयमा कारोबार भएको सुनको मुल्य बुधबार दुई सयले घटेर ९१ हजारमा पुगेको हो ।


ADVERTISEMENT

# # #


अघिल्लो दिन सुन ९१ हजार दुई सयमा कारोबार भएको थियो।

यस्तै, हिजोसम्म प्रतितोला १२ सय पाँच रुपैयाँ चाँदीको मूल्य १० रुपैयाँले घटेर ११ सय ९५ रुपैयाँमा पुगेको छ।

नजिकिदोँ तीजका अवसरमा विशेषगरी महिलाहरु सुन जोड्ने गर्छन् । यद्यपि कोभिड–१९ का कारण लामो समयसम्म भएका लकडाउनका कारण पनि हुनसक्छ, अघिल्लो वर्षहरुमा जस्तो यसपालि भने सुन पसलहरुमा ग्राहकको भीड कम देखिएको छ ।