काठमाडौँ– आरोप लागेर मुद्दा दर्ता भइसकेको  लामो समय बितिसक्दा पनि सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दाको अझै सुनुवाई हुन सकेको छैन ।


ADVERTISEMENT


सशस्त्र द्वन्द्वकालको वि.सं २०६२ वैशाख १६ मा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोप लागेका सभामुख सापकोटाको मुद्दा १६ वर्ष बितिसक्दा पनि सुनुवाई हुन नसकेको हो ।


ADVERTISEMENT

# # #


श्रीकृष्ण मावि, दाप्चामा अभिभावक भेला स्थलबाट अपहरण परेका लामालाई साउन तेस्रो साता खाल्डो खन्न लगाएर जिउँदै पुरेको भन्दै उनकी पत्नी पूर्णिमायाले २०६४ सालमा जाहेरी दिएकी थिइन् । प्रहरीले जाहेरी नलिएपछि पूर्णिमायाले सर्वोच्चमा उजुरी गरेकी थिइन् । २२ फागुन २०६४ मा सर्वोच्चले आदेश दिएसंगै उनको जाहेरी दर्ता भएको थियो । तर, बाबुराम भट्टराई नेतृत्वको सरकारले सापकोटाविरुद्धको जाहरी तामेलीमा राख्ने निर्णय गरेपछि त्यसविरुद्ध पूर्णिमाया फेरि सर्वोच्च गएकी थिइन् । जहाँ सर्वोच्चले निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश दिएको थियो ।

आजको दिनसम्म सुनुवाई हुन नसकेको उक्त केश बुधबार प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासमा पेशी चढेको थियो । तर उक्त केश हेर्न नमिल्नेमा परेको अदालत प्रशासनले जनाएको छ ।

यस्तै, यसअघि ३० फागुन २०७६ मा पनि यो मुद्दा पेशीमा चढाइएको थियो, तर हेर्न नभ्याएपछि सुनुवाइ पछि सारिएको थियो ।