काठमाडौँ – नेपाली राष्ट्रिय फुटवल टीम र भारतीय टिमले मैत्रीपुर्ण खेलमा सकारात्मक नतिजा आउने विश्वास गरेका छन् ।


ADVERTISEMENT


काठमाडौंमा बुधबार आयोजना भएको प्रि म्याच कन्फ्रेन्समा दुई टीमका प्रशिक्षक तथा कप्तानहरुले निकै मिहेनतका साथ खेल खेल्ने बताएका हुन् । प्रि म्याच कन्फ्रेन्समा नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भारतविरुद्धको मैत्रीपुर्ण खेलमा जितका लागि खेल्ने बताए ।


ADVERTISEMENT

# # #


भारतविरुद्धको दुई खेलका लागि टिम तयार रहेको र मज्जा लिएर खेल्ने उनले बताए । आसन्न साफ च्याम्पियनसिपका लागि यो दुई खेल महत्वपुर्ण रहेको उनको भनाई छ । उनले जब टिमले राम्रो तयारी गरेको हुन्छ, त्यहि अनुसारको नतिजा आउनेमा विश्वस्त रहेको बताए ।

त्यस्तै यस्तै कप्तान किरण चेम्जोङले भारतविरुद्धको खेल नेपालका लागि एक महिनापछि हुने साफको तयारीमा राम्रो सहयोग पुग्ने बताए । नेपाली टिमका लागि भारतविरुद्ध खेल्न पाउनु निकै राम्रो रहेको र यसले खेलाडीमा आत्मविश्वासपनि थप्ने उनको भनाई छ ।

प्रि म्याच कन्फ्रेन्समा भारतीय टिमका कप्तान सुनील क्षेत्रीले नेपालसँग उसकै मैदानमा खेल्नु आफ्नो टिमका लागि चुनौती भएको बताए । नेपाली टिममा पनि राम्रो खेलाडी रहेको र त्यसबाट भारतपनि सजक भएको उनको भनाई छ । नेपालले बाहिर गएर खेल्नु र आफ्नो घरेलु मैदानमा खेल्नुमा धेरै फरक हुने क्षेत्रीले बताए ।

त्यस्तै भारतीय टिमका मुख्य प्रशिक्षक इगोर स्टिमिकले आफ्नो खेलाडीले प्रशिक्षणमा निकै मिहेनत गरेको र आफुले खेलाडीहरुबाट राम्रो नतिजाको अपेक्षा राखेको बताए । यसैबीच नेपाल र भारतविचको दुई वटा मैत्रीपुर्ण खेलको सम्पूर्ण तयारी पुरा भएको एन्फाले जनाएको छ । प्रि म्याच कन्फ्रेन्समा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले मैत्रीपुर्ण खेलमा दर्शकले प्रवेश पाउने जानकारी दिए । रंगशालामा कुल पाँच हजार एक सय जानलाई सामाजिक दुरी कायम गरेर राख्ने उनले बताए ।

नेपाल र भारतले ६ बर्षपछि एक आपसमा खेल्न लागेका हुन । दुबै टिमले यो दुई खेललाई साफको तयारीका रुपमा लिएका छन । नेपालले भारतसँग बिहीबार पहिलो मैत्रीपूर्ण खेल खेल्नेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने मैत्रीपूर्ण खेल ५ः३० बजे सुरु हुनेछ । यस्तै नेपालले भारतसँग दोस्रो खेल आइतबार खेल्नेछ । माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेल्न लागेको हो । साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ ९असोज १५ देखि ३०० गतेसम्म आयोजना हुनेछ ।