काठमाडौँ   राष्ट्र बैंकले मौद्रिक नीति र त्यसपछि आएको एकिकृत निर्देशन मार्फत मार्जिन प्रकृतिका कर्जालाई एक बैंकबाट ४ करोड र अघिकतम १२ करोड रुपैयाँ मात्र लिन सक्ने व्यवस्था परिमार्जन गरे संगै ओरालो लागेको शेयर बजारमा एकाएक पुनः ४ र १२ करोडको सिलिंग परिवर्तन हुदै गरेको चर्चा सुन्न थालिएको छ, यसले लगानीकर्ता बीच भने पुनः शेयर बजार उकालो लाग्ने आशा देखाएको बुझिएको छ ।


ADVERTISEMENT


बुधबार सामाजिक संजाल क्लबहाउसहरुमा नेपालका ठुला लगानीकर्ता देखि शेयर विश्लेषक र आम लागनीकर्ताहरु १२ करोडको सिलिंग परिवर्तन बारेको बहस सुनिएको थियो, बहसमा सहभागी लगानीकर्ता, विश्लेषकहरुको आम धारणा कुनै पनि रुपमा शेयर बजारलाई माथि लाग्नुपर्ने थियो, ठुला लगानीकर्ता मध्येका एक दिपेन्द्र अग्रवालले संचालन गरेको क्लबहाउसको कार्यक्रममा सांकेतिक रुपमा माननीय अर्थमन्त्री जनार्दन शर्मा “प्रभाकर” वाट यो १२ करोडको सिमा सम्बन्धमा परिमार्जन भई शेयरबजारको विकासमा छिट्टैनै कदम चाल्न लागेको बताएका थिए ।


ADVERTISEMENT

# # #


हाल पूँजीबजारमा रहेका लगानीकर्ता संघहरु मार्फत वा नयाँ लगानीकर्ता संघ गठन गरेर भए पनि पुंजीबजारमा रहेका विकृति हटाउनु पर्ने समेत लगानीकर्ताहरुको जोड थियो, स्रोतका अनुसार लगानीकर्ताहरु माननीय अर्थमन्त्री जनार्दन शर्मा “प्रभाकर” लाई भेटि १२ करोडको सिमा पुनरावलोकन सम्बन्धमा अनुरोध गर्ने र सोहि अनुसार आशाका केन्द्र मानिएका अर्थमन्त्रीवाट यस सम्बन्धमा आवश्यक सहजीकरण हुने अनुमान लगानीकर्ताको रहेको बुझिएको छ ।