काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।


ADVERTISEMENT


सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बिहिवार यी दुई अध्यक्षबीच भेटवार्ता सम्पन्न भएको हो ।


ADVERTISEMENT

# # #


झण्डै ३० मिनेट भएको भेटमा अध्यक्षद्वयले समसामयिक पछिल्लो राजनीतिक अवस्थालाई मुख्य विषयवस्तु बनाउँदै सोहि विषयमा छलफल गरेका छन् । उनीहरुले सरकारमा सहभागिता तथा सरकारका कामबारे  केन्द्रित रहि कुराकानी गरेको स्रोतले जनाएको छ ।

यसअघि निर्वाचन आयोगले नेकपा एमालेबाट अलग भएका माधव नेपालले पार्टी दर्ताको प्रमाणपत्र पाएकै दिन मन्त्रिपरिषद विस्तार हुने भनिए पनि हालसम्म मन्त्रिपरिषदलाई पूर्णता पाएको छैन । यसबारे जिज्ञासा राख्दा नेपालले तत्काल मन्त्रिपरिषद् विस्ता नहुने संकेत दिएका थिए ।