काठमाडौँ – नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा.लि.को सेलपे सेवाले आफ्ना ग्राहकहरुका लागि आकर्षक अफर ल्याएको छ ।


ADVERTISEMENT


यस योजना अन्तर्गत सेलपेका फूल केवाईसी ग्राहकहरुले हप्ताको एक पटक मोवाईल टपअप मा १५ प्रतिशत (३० रुपैयाँ)सम्म क्यास ब्याक पाउन सक्नेछन् । यो योजना भदौ १६ गतेदेखि अर्को सूचना जारी नभएसम्म लागू हुने कम्पनीले जनाएको छ ।


ADVERTISEMENT

# # #


सेलपे सेवा मोबाइल तथा वेब एप्लिकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रूत, सरल तथा सुरक्षित सेवा हो । सेलपेद्वारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईन्टरनेटको महशुल भुक्तानी, ईन्स्योरेन्सको भुक्तानी, शेयर तथा ब्रोकर भुक्तानी, सरकारी भुक्तानीहरु, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी लगायतका विभिन्न किसिमका महसुल तथा भुक्तानीहरु वास्तविक समयमा गर्न सकिन्छ ।