काठमाडौँ– गायिका एवम् नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की नातिनी स्मिता दाहालको ‘इबादद बन गए हो’ बोलको हिन्दी गीत सार्वजनिक भएको छ।


ADVERTISEMENT


गीतको भिडियो शुक्रबार भारतीय पप च्याटबस्टर्सको युट्युब च्यानलबाट रिलिज गरिएको हो।


ADVERTISEMENT

# # #


के आर वाहीको शब्द रहेको उक्त गीतमा स्मितालाई भारतीय गायक शबाब साबरीले साथ दिएका छन् । यस्तै, साबरीले नै संगीत भरेका सो गीत के आर वाहीले लेखेका हुन् ।

राजिव एस. रुइयाले निर्देशन गरेको  भिडियोमा स्मिता र अभिनेता अर्जुन बिजलानी फिर्चडको अभिनय देख्न सकिन्छ ।

स्मिताले सामाजिक सञ्जालमार्फत भारतीय कलाकारसँग काम गर्न पाउँदा आफू एकदमै खुसी र उत्साहित रहेको जनाएकी छन् ।

भिडियो हेर्नुहोस्