काठमाडौँ– अमेरिकी सहयोग परियोजना (एमसीसी) को खारेजी गर्न माग गर्दै केही युवाहरुले काठमाडौंस्थित अमेरिकी दूतावास अगाडि प्रदर्शन गरेका छन् ।


ADVERTISEMENT


‘एमसीसी खारेज राष्ट्रिय अभियान’को नामबाट प्रदर्शनमा उत्रिएका युवाले शुक्रबार दूतावास अगाडि विरोध गरेका हुन् ।


ADVERTISEMENT

# # #


प्रदर्शन गर्नेहरुलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको छ ।

अभियानका संयोजक निर्ग जैसी (नवीन)ले आफूसहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिएर महाराजगञ्जमा राखेको बताए । पक्राउ पर्नेहरुमा अभियानका संयोजक निर्ग जैसी (नविन) सहित, जनक ढुंगाना, सम्राट थापा, कुलदीप शर्मा, सुरज तामाङ, टेकम बिसी, मोहमद नसिर, दुर्गा जोशी, केदार थामी र सुशील नेपाली रहेका छन् ।

हाल उनीहरु महाराजगञ्स्थित प्रहरी नियन्त्रणमा छन् ।