काठमाडौँ– नेपाल चिकित्सक संघको पहिलो  समिट यहि आउदो असोज ९ गते शनिबार हुने भएको छ ।


ADVERTISEMENT


आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै संघले जर्नल अफ नेपाल एसोसिएसन प्रकाशन शुरुवात भएको महिनालाई प्रत्येक वर्ष क्यालेण्डर इभेन्टको रुपमा मनाउने संघको केन्द्रीय कार्यकरिणी समितिको निर्णय बमोजिम यस वर्ष ‘एनएमए नेशनल हेल्थ समिट–२०२१’ आयोजना गर्न लागिएको जानकारी दिएको हो ।


ADVERTISEMENT

# # #


प्रत्येक वर्ष कुनै न कुनै विषयमा समिट आयोजना गर्ने भनिएको संघले यसपटक भने ‘प्यान्डेमिक प्रिपेडनेश इन नेपाल’(नेपालमा महामारीको तयारी) नामक सन्देशसहित सो कार्यक्रमको आयोजना गर्न लागिएको संघका अध्यक्ष डा. लोचन कार्कीले बताए ।

उक्त समिट अन्य समिटजस्तो एकदिने कार्यक्रममा मात्रै सिमित नहुने उनको दाबी छ ।

कोभिड–१९ को महामारीमा सबैको ध्यान स्वास्थ्य केन्द्रित मात्रै भएको समयमा संघले भने नेपालको स्वास्थ्य क्षेत्रमा रहेका कमीकमजोरीलाई चिन्ने अवसर प्राप्त गरेको बताउँदै डा. कार्कीले भने, ‘अबका दिनहरुमा कोभिड मात्रै नभई आउने अन्य महामारीलाई समेत हामीले गरेका अनुभव, अन्र्तराष्ट्रिय प्राटिक्स, विज्ञहरुको विचारलगायतका सबै पक्षलाई समेटेर पाँच बुँदागत रुपमा कार्यक्रमलाई निरन्तरता दिइनेछ ।’

जसअन्र्तगत प्यान्डेमिक प्रिप्रेडनेश एण्ड म्यानेजमेन्ट इन कन्टेक्स अफ फेडेरेलिज्म, ह्युमन रिसोर्स एण्ड सर्भिस डेलिभरी ड्युरिङ प्यान्डेमिक, गभर्मेन्ट अफ नेपाल्स स्ट्राटेजी अन कोभिड–भ्याक्सिनेशन, मल्टिसेक्टोरियल रेस्पोन्स टु प्यान्डेमिकः अपरचुनिटिज एण्ड च्यानेन्जेज, लेसन लर्न्ट फ्रम कोभिड–१९ र इनोभेसन एन अपरचुनिटिज फोर प्यान्डेमिक प्रिपेडनेशरहने उनको भनाई छ ।

यसका लागि समिट अयोजक समितिले शैक्षिक गतिविधिहरु तयार गरी आवश्यक कार्य तीव्रताका साथ अगाडि बढाइरहेको संघले जनाएको छ ।

राष्ट्रिय टेलिभिजन एवम् सामाजिक सञ्जालबाट समेत प्रत्यक्ष प्रसारण हुने भनिएको सो कार्यक्रमलाई सफल बनाउनको निम्ति संघले देशभरका स्वास्थ्य संस्था, चिकित्सक तथा स्वास्थ्यकर्मी एवम् सञ्चारकर्मीहरुलाई आग्रह समेत गरेको छ ।