काठमाडौँ – नेपालमा आइतबार थप १ हजार ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


देशभर गरिएको ५ हजार १ सय ७० पीसीआर परीक्षणका क्रममा ९ सय ७६ र २ हजार ८ सय १ एन्टीजेन परिक्षणका क्रममा १ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ५४ हजार ३ सय २१ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २० जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण १० हजार ८ सय ३८ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।


ADVERTISEMENT

# # #


त्यस्तै थप १ हजार ५ सय ३४ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म ७ लाख २७ हजार १ सय ८५ संक्रमित कोरोनामुक्त भएका छन् । हाल ३१ हजार २ सय ४८ सक्रिय संक्रमित आइशोलेन र २ सय ६६ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३९ लाख ५८ हजार १ सय १२ वटा पिसिआर र ४ लाख ८७ हजार ४ सय ४४ वटा एन्टीजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।