काठमाडौँ – नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण फुटबल प्रतियोगिता सुरु भएको छ । काठमाडौँको त्रिपुरेश्वरस्थित दशथ रंगशालामा खेल केहीबेर अघि सुरु भएको हो ।


ADVERTISEMENT


पहिलो खेल १–१ गोलको बराबरीमा टुंग्याएका यी दुई टोली दोस्रो तथा अन्तिम खेल आफ्नो पक्षमा पार्ने दाउमा रहेका छन् । भारतविरुद्धको पहिलो खेलको पहिलो हाफमा गोल गरेपनि नेपालले दोस्रो हाफमा गोल खाएको थियो ।


ADVERTISEMENT

# # #


पहिलो खेलमा निराश बनाएको नेपाली टोली आजको खेलमा घरेलु दर्शकलाई खुशी दिलाउन चाहन्छ । विश्व फुटबल महासङघ (फिफा) को बरियतामा भारत नेपाल भन्दा ६३ स्थानमाथि रहे पनि पहिलो खेलमा बराबरीमा रोक्न सफल भएकाले नेपाली टोली निकै उत्साहित देखिन्छ ।

नेपालले भारतीय टोलीलाई आठ वर्षयता हराउनसकेको छैन । भारतले नेपालको गोलपोष्टमा हालसम्म ३४ गोल गरेको छ भने नेपालले भारतको पोष्टमा १० गोल मात्र गर्न सकेको छ ।

कप्तान किरणको कीर्तिमान

नेपाली राष्ट्रिय टोलीका कप्तान किरण कुमार लिम्बुले कीर्तिमान कायम गरेका छन् । आइतबार भारतसँगको खेलसँगै किरणले नेपालको टोलीबाट सर्वाधिक खेल खेल्ने कीर्तिमान बनाएका हुन् ।

उनले भारतसँगको खेलसँगै नेपालका लागि ७४ वटा अन्तर्राष्ट्रिय खेल खेल्न सफल भएका हुन् । बिहीबारमात्रै उनले पूर्वखेलाडी विराज महर्जनको ७३ खेलको कीर्तिमान बराबरी गरेका थिए ।

आगामी असोज १५ देखि ३० गतेसम्म माल्दिभ्समा साफ च्याम्पियनसिप आयोजना हुँदैछ । उक्त प्रतियोगिताका लागि भारतसँगको मैत्रीपूर्ण खेल निकै सहयोगी हुने प्रशिक्षक तथा खेलाडीको विश्वास छ ।