काठमाडौँ – पपुवा न्यूगिनीविरुद्धको एकदिवसीय खेलमा नेपालका तीन खेलाडीले डेब्यू गरेका छन् । मंगलबार युवा ब्याट्सम्यान कुशल भुर्तेल, आशिफ शेख र मध्यम गतिका बलर विक्रम सोबले नेपालका लागि एकदिवसीयमा डेब्यू गरेका हुन् ।


ADVERTISEMENT


कुशल र आशिफले गत वैशाखमा काठमाडौँमा सम्पन्न नेदरल्याण्ड, मलेसियासम्मिलत त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रियमा नेपाली राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए । तर, एकदिवसीयमा डेब्यु गरेका थिएनन् ।


ADVERTISEMENT

# # #


यस्तै विक्रम सोबले पनि एकदिवसीयमा डेब्यू गरेका छन् ।

यस्तो छ नेपालको प्लेइङ ११
ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, शरद् भेषवाकर, आरिफ शेख, रोहित पौडेल, पवन सर्राफ, कुशल मल्ल, सोमपाल कामी, सन्दीप लामिछाने, विक्रम सोब ।