काठमाडौँ– नेपालको अग्रणी अनलाइन बजार दराजले आधिकारिक रूपमा आफ्नो नवीनतम इन–एप सुविधा दराज जेम्स लन्च गरेको छ ।


ADVERTISEMENT


कम्पनीले जेम्सअन्र्तगत ग्राहकका निम्ति भौचर कमाउने अफर ल्याएको हो ।


ADVERTISEMENT

# # #


जसअन्र्तगत ग्राहकले हरेक दिन दराज एप मार्फत भौचर प्राप्त गर्ने र, सो भौचरमार्फत सामान खरीदमा छुट पाउन सक्नेछन् । कम्पनीका अनुसार, ग्राहकले तीन फरक तरीकाबाट जेम्स कमाउन सक्नेछन् । यसका लागि दराज एपमा हरेक दिन लगिन गरि , दराजबाट सामान खरिद गरि वा एड टु कार्ट, फलो द स्टोर जस्ता डेली मिसनहरु पुरा गरेर दराज जेम्स प्राप्त गर्न सकिन्छ।

यो सुविधा दुबै एन्ड्रोइड र आईओएस प्लेटफर्ममा उपलब्ध रहने कम्पनीले जनाएको छ । यस्तै, नयाँ सुविधा प्राप्त गर्नको लागी ग्राहकहरुलाई आफ्नो दराज एप अपडेट गर्न समेत कम्पनीले सुझाएको छ ।

दराज जेम्सको भरपुर उपयोग गर्नको लागि ग्राहकहरु हरेक दिन दराज एप मार्फत दराज जेम्सको होम पेजमा जानु पर्ने हुन्छ । त्यहाँ ग्राहकले जेम्स कलेक्ट मात्र नभई आफुसंग भएको जेम्सको मात्रा हेर्न पाउनेछन् साथै ती जेम्सलाई भाउचरको लागि रिडिम पनि गर्न पाउनेछन् ।

दराज जेम्सको सबै भन्दा राम्रो सुविधा भनेको यो प्राप्त गर्न एकदमै सरल र सजिलो रहेको कम्पनीको दाबी छ । प्रयोगकर्ताले सजिलै दराज एपमा दैनिक लग इन गरेर दिइएको जेम्स कलेक्ट गरी आफ्नो जेम्सको संख्या ४०० गुणा कमाउन सकिने कम्पनीले जनाएको छ ।