काठमाडौं – सेवाग्राहीसँग बिभिन्न बहाना बनाई आठ हजार पाँच सय घुस लिँदालिँदै जिल्ला प्रशासन कार्यालय, धनुषामा कार्यरत नासु उमेश कुमार चौधरी अख्तियारको फन्दामा परेका छन् ।


ADVERTISEMENT


सेवाग्राहीसँग नागरिकताको प्रतिलिपि बनाउनको लागि बिभिन्न बहाना बनाएर घुस लिएको भन्ने उजुरी एवं सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले चौधरीलाई नियन्त्रणमा लिएको हो ।


ADVERTISEMENT

# # #


जनकपुरधाम उपमहानगरपालिका वडा नं ४ स्थित लड्डु गोपाल स्वीट्स एण्ड स्न्याक्स पसलबाट उनलाई घुससहित अख्तियारले नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

उनलाई घुसबापतको रकम हातमा लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ । नियन्त्रणमा परेका चौधरी उपर अख्तियारले थप अनुसन्धान गरिहेको पनि प्रवक्ता रिसालले जानकारी दिएका छन् ।