काठमाडौं – नेपालले दक्षिण कोरियामा नेपालीलाई रोजगारको लागि पठाउँदै आएको रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत लामो समयदेखि कोरिया जान नपाएका नेपाली युवालाई चाँडो कोरिया पठाउने सम्बन्धमा कोरियन पक्षसँग छलफल गरेको छ ।


ADVERTISEMENT


भिसालगायत प्रक्रिया पूरा भएर कोरोना संक्रमणका कारण उडान बन्द हुँदा रोकिएका १० हजार युवालाई कोरिया पठाउने सम्बन्धमा दुई देशका प्रतिनिधित्व छलफल भएको हो ।


ADVERTISEMENT

# # #


कोरोना संक्रमणको दर दुवै देशमा कम भएपछि जनस्वास्थ्यका मापदण्ड पूरा गरेर लैजाने भएको छ । यो समाचार आजको कारोबार दैनिकमा छ । यस सम्बन्धमा नेपालको तर्फबाट वैदेशिक रोजगार विभागका महानिर्देशक दीपक काफ्ले र मानव संशाधन विकास बोर्ड (एचआरडी कोरिया) का नेपाल प्रतिनिधि किम उन डकबीच छलफल भएको हो ।