काठमाडौँ –एमसीसी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्ससहितको टोलीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालसँग भेटवार्ता गरेको छ ।


ADVERTISEMENT


सिंहदरबारस्थित नेकपा (एकीकृत समाजवादी)को संसदीय कार्यालय पुगेर एमसीसीको टोलीले अध्यक्ष नेपालसँग भेट गरेको हो । भेटमा एमसीसीले भर्खरै एमसीसीले नेपाललाई पठाएका जवाफबारे थप छलफल भएको थियो । एमसीसीकी उपाध्यक्ष फतिमाले माधव नेपाल पक्षसँग एमसीसीले धेरै अपेक्षा गरेको र एमसीसी अन्य स्वार्थ नभई नेपाली जनताकै हितमा रहेका बताएको नेकपा एकीकृत समाजवादीका नेता गंगालाल तुलाधरले जानकारी दिए ।


ADVERTISEMENT

# # #


उनका अनुसार फतिमाले आफूहरु दबाब दिने उद्देश्यले नेपाल नआएको बताइन् । जवाफमा माधव नेपालले एमसीसी नेपाली जनताको हितमा नै छ भन्ने कुराको सुनिश्चित गर्न र आफहरु संयुक्त सरकारमा भएकाले अरु पार्टीसँग पनि कुरा गर्न सुझाए ।

उनले राष्ट्रहितभन्दा पर गएर कुनै पनि कुराहरु गर्न नसकिने स्पष्ट पारे । तत्कालीन नेकपाका वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा गठित कार्यदलले एमसीसीका सम्बन्धमा गरेको अध्ययनमा सो सम्झौतामा रहेका केही विषय संशोधन गर्नुपर्ने सुझाव दिइएकोसमेत अध्यक्ष नेपालले स्मरण गरेको नेता तुलाधारले जानकारी दिए ।

आजै काठमाडौँ आएको एमसीसीको टोलीले आजै बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्माओलीसँग पनि भेट गरेको थियो ।