ललितपुर – ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बटुवा हिँड्ने सडकपेटी भत्काएका छन् । महर्जनले ‘समय फल्चा पाटी’ पुनर्निर्माण गर्ने भन्दै सडकपेटी भत्काएका हुन् । बटुवा हिँड्ने सडकपेटी मासेर कस्तो पाटी बनाउन लागेका हुन् कुन्नि ?


ADVERTISEMENT


‘समय फल्चा पाटी’को नाममा बिहीबार बिहान ललितपुरको पुल्चोकस्थित महानगरपालिकाको कार्यालय अगाडि रहेको सडक पेटी महर्जनले भत्काउन लगाएका हुन् ।


ADVERTISEMENT

# # #


महर्जनले सडकको मापदण्डभित्र परेको जमीनमा पाटी बनाउन जोडबल गरेपछि अदालतमा मुद्धा परेको छ । सो मुद्धा बिचाराधीन रहेका बेला महर्जनले सडक पेटी भत्काएर पाटी बनाउन लागेका छन् ।

सडक पेटीमा पैदल यात्रुलाई हिँडडुल गर्न समस्या रहँदै आएको छ । तर, यात्रुलाई हिँडडुल गर्न असजिलो भए पनि मेयर महर्जनले पाटी बनाउने भन्दै सडक भत्काएका हुन् ।

स्थानीय टोल सुधार समितिको नाममा महर्जनले करीव साढे ४ बजे सरकारी मापदण्डभित्र पर्ने बाटो र फुटपाथमा पाटी बनाउन भन्दै सडक पेटी भत्काएका छन् ।

ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले सडक पेटी भत्काउन लगाएका थिए । ललितपुर जिल्ला अदालतको आदेश भन्दै सडक पेटीमा डोजर चलाउने क्रममा केहीबेर बिरोध भएको थियो ।

अदालतले सडक पेटीको मापदण्डलाई असर नपर्नेगरी निर्माण गर्न स्वीकृत दिएको छ । मेयर महर्जनले अदालतको आदेशको अपहेलान गर्दै सयम फल्चा पाटीको शिलान्याससमेत गरेका छन् ।

अदालतको आदेश विपरीत सडक र फुटपाथलाई असर पर्नेगरी पाटी बनाउन लागेपछि मेयरविरुद्ध महानगरपालिकाका कर्मचारीले भित्री रुपमा आपत्ति जनाएका छन् ।