काठमाडौं । उपत्यकामा थपिएका ट्राफिक लाइटको उद्घाटन गरिएको छ । हाल काठमाडौंको विभिन्न चोकमा दातृ निकायको सहयोगमा ट्राफिक प्रहरी महाशाखाले ट्राफिक लाईट थप गरेको हो ।


ADVERTISEMENT


उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउँदै महेन्द्रशालिक र ज्ञानेश्वर ओरालो चोकमा नयाँ ट्राफिक लाईट जडान गरी सञ्चालनमा ल्याईएको छ ।


ADVERTISEMENT

# # #


ट्राफिक प्रहरी महाशाखाले एनसेलसँग समन्वय गरी दरबारमार्गको महेन्द्रशालिक र कामना सेवा बिकास बैंकको सहयोगमा ज्ञानेश्वर ओरालोमा नयाँ ट्राफिक लाईट जडान गरि आजदेखि संचालनमा ल्याएको छ ।

नयाँ जडान गरिएको महेन्द्रशालिक चोकको ट्राफिक लाईट महाशाखाका प्रमुख एसएसपी जनक भट्टराई र एनसेलका सुरक्षा प्रमुख सम्पत अर्यालले स्वीच अन गरी संयुक्त रूपमा उद्घानटन गरेका हुन् भने नक्साल भगवतीको ट्राफिक लाईट एसएसपी भट्टराई र बैंकका सिईओ प्रबिन बस्नेतले गरेका हुन् ।

उद्‌घाटन कार्यक्रममा बोल्दै एसएसपी भट्टराईले उपत्यकाको सवारी चाप, सवारी दुर्घटना तथा अन्य ट्राफिक समस्या समाधानको लागि प्रविधिको विकास र प्रयोगलाई प्राथमिकता दिदै आएको बताए ।

“हामी ट्राफिक व्यवस्थापनलाई प्रबिधिमैत्री बनाउने अभियानमा छौ, यसको लागी विभिन्न निकायहरूसँग निरन्तर समन्वय र सहकार्य गर्दै आईरहेका छौं । आज जडान भएका लाईट त्यसैको परिणाम भएको र आगामी दिनहरुमा अन्य चोकहरुमा समेत ट्राफिक लाईट राख्न हातेमालो गर्ने योजना समेत रहेको छ ।” भट्टराईले भने ।

स्( “प्रबिधिमार्फत सडक व्यवस्थापन गर्दा आम सडक प्रयोगकर्ताहरुको आवागमन सहज हुनुका साथै सडक अनुशासन र सडक सभ्यता झल्किने हुनाले यसलाई प्रमुख प्राथमिकता दिएको छ ।”

कार्यक्रममा बोल्दै एनसेलका सुरक्षा प्रमुख सम्पत अर्यालले ट्राफिक लाईटको प्रयोगले ट्राफिक व्यवस्थापन र दुर्घटना न्युनिकरणमा महत्वपुर्ण भूमिका खेल्ने बताए । पछिल्लो समय ट्राफिक प्रहरीले प्रबिधिलाई जोड दिँदै ट्राफिक लाईट जडानमा खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा अन्य स्थानहरुमा ट्राफिक लाईट जडान र अन्य कार्यहरुमा सहकार्य एव सहयोगी बन्ने समेत बताए ।

बैंकका सिईओ बस्नेतले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै आम सेवाग्राहिलाई प्रत्यक्ष लाभ हुने र दैनिक सडक प्रयोगमा हुने समस्यालाई ट्राफिक लाईट महत्वपुर्ण सहयोगी बन्ने बिश्वास व्यक्त गरे । आगामी दिनहरुमा ट्राफिक व्यवस्थापन लगायतका कार्यहरुमा समन्वय एव सहकार्य गर्दै जाने बताए ।

उद्‌घाटन कार्यक्रममा महाशाखाका प्रमुख, स्थानीय निकायका पदाधिकारीहरू, सहयोगी संस्थाका पदाधिकारीहरू र अन्य प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

ट्राफिक व्यवस्थापनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउदै दुर्घटना न्युनीकरणको लागी आगामी दिनहरुमा अन्य चोकहरुमा लाईट जडानको लागि समन्वय एव सहकार्य भैरहेको महाशाखाले जनाएको छ ।

ट्राफिक लाईट सञ्चालनमा आएका चोकहरुमा लाईटको पूर्ण पालना गरिदिनु हुन सम्पूर्ण पैदलयात्री तथा सवारी चालकहरूलाई महाशाखाले विशेष अनुरोध समेत गरेको छ ।