काठमाडौं – कुशे औंसी अर्थात् बुवाको मुख हेर्ने दिन, यस दिन बुवा हुनेहरुले बुवालाई मिष्ठान्न भोजन सहित विभिन्न फलफूल र कपडा दिएर बुवाको सम्मान एवं आदरभाव व्यक्त गर्दछन् भने बुवा नहुनेले बुवाको तस्वीरमा माल्यार्पण गर्ने, श्राद्ध, तर्पण गरेर आफनो श्रद्धाभाव व्यक्त गर्दछन् ।


ADVERTISEMENT


तर, एक सुपुत्र राजेश विर सिंह तुलाधरले भने आफ्ना दिवंगत हुनु भएका बुवा भक्त विर सिंह तुलाधरको स्मृतिमा परिवारका सदस्यहरुलाई समेत समेटेर फाण्डेशन संस्थापना गरेर कुशे औंसीको विशेष दिनमा संस्थाको समुद्घाटन गरिएको छ । बुवाकै नाममा फाउण्डेशन संचालन गरेर बुवाको समाजसेवी कार्यलाई अनुशरण गर्दै आफ्नो जीवनभर समाजोपयोगी कार्य गर्ने तत्परता राजेशविर सिंह तुलाधरले देखाएका छन् ।


ADVERTISEMENT

# # #


कमलादी स्थित भक्त विर सिंह फाण्डेशनको रजिष्टर्ड कार्यालयमा प्रशिद्ध समाजसेवी, माइती नेपाल कि संस्थापक अध्यक्ष तथा सि.एन.एन. हिरो अनुराधा कोइरालाले भक्त विर सिंह तुलाधर फाण्डेशनको समुद्घाटन गरेकी छिन् । उक्त अवसरमा फाण्डेशनको तर्फबाट ग्रामीण भेगका महिलाहरुको समस्या बुझेर दश थान सेनिटरी प्याड भेन्डिङ मेशिन माइती नेपाललाई निःशुल्क उपलब्ध गराइएको थियो ।

फाण्डेशनको यो सहयोगको सहना गर्दै उनले ग्रामीण भेगका महिलालाई महिनावारीको समयमा आइपर्ने समस्या समाधान गर्न ठुलो राहत पुग्ने विश्वास व्यक्त गर्दै उक्त मेशिन माइती नेपालका सदस्यहरु मार्फत ग्रामिण भेकमा पुर्‍याई त्यहाँका महिला दिदी बहिनीहरुलाई निःशुल्क सेनिटरी प्याड उपलब्ध गराउने कोइरालाले बताइन् ।

मुनाफा रहित, जनहितकारी, सेवामुलक उक्त फाण्डेशनले देशका ग्रामीण तथा दुर्गम क्षेत्रका बालबालिकाहरुलाई शैक्षिक सामाग्री, स्वास्थ्य तथा आवश्यक अन्य सामाग्री उपलब्ध गराउने,जेष्ठ नागरिकहरुलाई आवास, भोजन तथा स्वास्थ्य सेवा उपलब्ध गर्ने तथा गराउने लक्ष राखेको छ ।

विभिन्न रोगबाट पीडित तथा ग्रसित, आर्थिक तथा सामाजिक रुपमा असहाय र गरीब परिवारका बालबालिकाहरुको स्वास्थ्य उपचारमा आवाश्यक सहयोग गर्ने, विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रमहरु आयोजना गर्ने, विभिन्न खालका महामारी विरुद्ध जनचेतनामुलक कार्यक्रम गर्ने, गराउने,जेष्ठ नागरिक, असाहय, बालबालिका तथा अपाङ्गता भएका व्यक्तिहरुको उचित व्यवस्थापनको लागि आवास गृह निर्माण गर्ने लगायतका जनहितकारी कार्य गर्ने फाण्डेशनका अध्यक्ष राजेश विर सिंह तुलाधरले जानकारी दिए ।

आफ्ना पिता भक्तविर सिंह तुलाधरले समाजसेवी भावनाले गरेका समाजिक कार्यलाई जीवन्त राख्न बुवाको नाममा फाण्डेशन संस्थापना गरिएको उनले बताए ।